लुटेराहरू घरमा छिरेर घरधनीमाथि कुटपिट गर्दा घरधनीको मृत्यु

प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहीबार २०:११


काठमाडाैं, फागुन २४ ।
चोरहरूको कुटपिटबाट घरभित्र रहेका एक जनाको मृत्यु भएको छ ।

गएराति करिब १ बजे चोरी गर्ने उद्देश्यले करिब ५/७ जनाको समूह जानकी गाउँपालिका-५ रुद्रपुरस्थित नयाँ बस्ती निवासी सन्तोष थारूको घरभित्र पसेका थिए ‌। लुटेराहरूले लुट्न खोजेपछि सन्तोषले प्रतिकार गर्दा उनीहरूले कुटपिट गरेर सख्त घाइते बनाएका थिए ।

कुटपिटपछि गम्भीर घाइते भएका सन्तोषको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार सो घटनामा परी घाइते भएकी मृतक थारूकी श्रीमती सबिता थारूको भेरी अस्पतालमा उपचार जारी नै रहेको छ ।

सन्तोषको परिवारले प्रतिकार गर्दा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट गरिएको सबिताकी बहिनी बसन्ती चौधरीले बताएकी छन् ।

प्रहरी नायब निरीक्षक जयबहादुर थारूको कमाण्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चोरहरूले थारू परिवारलाई कुटपिट गरेर घाइते बनाई उनको घरबाट दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएको पनि प्रहरीले जनाएको छ ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय बाँकेबाट तीन किलोमिटर मात्र दूरीमा रहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

त्रिभुवन विमानस्थलमा यात्रुमाथि दुर्व्यावहार गरेकाे अभियाेगमा तीन जना प्रहरी कारबाहीमा

काठमाडाैं, बैशाख ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुमाथि दुर्व्यावहार गरेको.....

काठमाडौंसहित देशभर वर्षाको सम्भावना

काठमाडाैं, बैशाख ३ । हाल देशभर.....