सन्दीप लामिछानेकाे मुद्दाकाे बहस ‘हेर्दाहेर्दै’मा, जवाफी बहस बुधबार

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलवार १८:३३


काठमाडाैं, जेठ १ ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडाैंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस आज मंगलबार ‘हेर्दाहेर्दै’मा गएको छ ।

आज न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा लामिछानेले दायर गरेको पुनरावेदनमा जवाफी बहस मात्रै बाँकी भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिएका छन् ।

उनकाअनुसार जवाफी बहस भाेलि बुधबार हुने भएकाे छ ।

आज सुरुमा लामिछानेका वकीलहरूले बहस गरेका थिए । त्यसपछि जाहेरीवालका तर्फबाट सरकारी वकील र निजी वकीलले बहस गरेका हुन् ।

यसअघि, साे मुद्दा पाँच पटकसम्म पेसी तोकेर पनि फैसला हुन सकेको थिएन ।

गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडाैंले लामिछानेविरुद्ध ८ वर्षको जेल सजाँय सुनाएको छ ।

उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको दाबी गर्दै लामिछानेलाई अझ बढी सजाँय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री डा. राणालाई थप १५ दिन हिरासतमा राख्ने अनुमति

काठमाडाैं, चैत २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....