बिहीबार वागमतीसहित चार स्थानमा भारी वर्षाकाे सम्भावना

प्रकाशित मिति: १४ असार २०८१, बिहीबार ०६:३६


काठमाडाैं, असार १३ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका चार स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीबार बिहान मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै महाशाखाले मधेश, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही देशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

वागमती र मधेश प्रदेशका २/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाकाअनुसार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।

वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार काठमाडाैं उपत्यकामा पनि भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी र कर्णाली प्रदेशका केही स्थान साथै मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावनाका साथै कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका १/२ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

साँझदेखि काठमाडाैंसहित विभिन्न प्रदेशमा वर्षाकाे प्रबल सम्भावना, बिहीबारदेखि धेरै स्थानमा वर्षा

काठमाडाैं, बैशाख २ । लामो समयपछिको खडेरीपश्चात् केही दिनदेखि वर्षा भइरहेकाे छ । आज मंगलबार.....