अरनिकाे अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर काेठामा मृत अवस्थामा फेला

काठमाडाैं, श्रावण ११ ।
मोरङमा एक डाक्टर मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी-५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।
कोठामा अचेत अवस्थामा भेटिएको यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै र बिहीबार बिहान कोठामै मृत भेटिए प्रहरी निरीक्षक दासले बताए । अहिले शव मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी-३ मङ्गलमा राखिएको छ भने पोस्टमार्टमका लागि घोपा क्याम्प पठाउने तयारी भाइरहेको उनले बताए ।
प्रतिक्रिया