श्रीमानद्वारा फलामकाे रड प्रहार गरी ३७ वर्षीया श्रीमतीकाे हत्या

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार १५:५१


काठमाडाैं, श्रावण १४ ।
दाङमा श्रीमानले फलामकाे रड प्रहार गरी आफ्नै श्रीमतीकाे हत्या गरेकाे छ । राजपुर गाउँपालिका-१ रसरी खाेला निवासी ३८ वर्षीय गणेश घर्तीले फलामकाे रड प्रहार गरी श्रीमती ३७ वर्षीया बसन्ती घर्तीकाे हत्या गरेकाे अभियाेगमा प्रहरीले श्रीमानलाई घटनास्थलबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिएकी छन् ।

दुबै जना आइतबार बेलुका सँगै खाना खाएर काेठामा सुत्न गएका थिए । तर बिहान अबेरसम्म घरकाे ढाेका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरकाे ढाेका खाेलेर हेर्दा फलामकाे रडले टाउकाेमा प्रहार गरी श्रीमती हत्या गरेकाे, श्रीमान गणेशलाई फलामकाे रडसहित साेही काेठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेर श्रीमान-श्रीमतीकाे बीचमा यसअघि पनि झगडा हुने गरेकाे स्थानीयले बताएका छन् । प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....