राष्ट्र बैंकले यसपालीको दशैँमा नयाँ नोट नसाट्ने

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार १५:३५


काठमाडाैं, भाद्र १८ ।
नेपाल राष्ट्र बैंकले यसपालीको दशैँमा नयाँ नोट नसाट्ने भएको छ ।

खर्चको व्यवस्थापनको समस्या देखाउँदै बैंकले पुरानो सुकिला नोट सटही गर्ने तर नयाँ नोट नदिने भएको हो ।

दशैँ तिहारका लागि ५, १० २०, ५० र १०० का नोट सटही हुने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा‍. डिल्लीराम पोखरेलले बताए ।

यस पटक पनि प्रति व्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले अबको १ वर्षभित्र नेपालको चुच्चे नक्सासहितको नयाँ नोट बजारमा ल्याउने भएको छ ।

लिम्पियाधुरा र कालापानीसहितको नयाँ चुच्चे नक्सा राखेर नोट छपाइको प्रक्रिया अगाडि बढाई सकिएको सहायक प्रवक्ता पोखरेलले बताए ।

नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलन चल्तीमा रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....