तीजकाे अवसरमा कुमारी बैंककाे आकर्षक क्यास ब्याक अफर

प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार १३:२०


काठमाडाैं, भाद्र २० ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था कुमारी बैंक लिमिटेडले नेपाली हिन्दू नारीहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालाहरूलाई लक्षित गरी तीजको स्वरूप क्यास ब्याक योजना सञ्चालन गरेको छ ।

निरन्तर रूपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिँदै आएको कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरूका खाताहरूबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत् रकम भुक्तानी गर्दा तीजको शुभकामना स्वरूप यही भाद्र २० गतेदेखि २६ गतेसम्म प्रत्येक दिन २५ जना सेवाग्राहीहरूलाई रु. १००/- को क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीहरूको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर वित्तीय साक्षरता प्रबर्द्धन गर्दै बैंकिङ्ग सेवा दिँदै आइरहेको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ वटा शाखा सञ्जाल, ३ सय १८ वटा एटीएम मेसिन, ५० वटा एक्सटेन्सन काउण्टर तथा ५७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, शुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धतासमेत जनाएकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....