दुसित ठानी हिमालयन रिसोर्टमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार १३:२८


काठमाडाैं, भाद्र २५ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था कुमारी बैंक लिमिटेड र धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरू जस्तै, खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्विमिङ पुल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउन सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आइरहेको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ वटा शाखा सञ्जाल, ३ सय १८ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउण्टर तथा ५७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । र, आगामी दिनहरूमा पनि अझ सरल, शुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....