प्रभु बैंक र ब्लु क्रस हस्पिटलबीच विशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं, भाद्र २५ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल (प्रा.) लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकहरूलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच ब्लु क्रस हस्पिटलका तर्फबाट रजत श्रेष्ठ (Member- Secretary) र प्रभु बैंकका तर्फबाट वागमती प्रदेश क्षेत्र नं.-१ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापन-पत्र (MOU) मा संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरूमा ५% देखि १२% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन् ।
ब्लु क्रस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरूको लागि ब्लु क्रस हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरूमार्फत् नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।
त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर-२०२३” को उपाधीबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय १५ वटा शाखा कार्यालयहरू, २ सय ८६ वटा एटीएम मेसिनका साथै ६९ वटा एक्सटेन्सन काउण्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीको रूपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोशिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भइसकेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया