थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार १६:४१


काठमाडाैं, भाद्र २६ ।
सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरूले हात खाली नजाने गरी उपहारहरू पाउन सक्नेछन् । आउँदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकहरू माझ लिएर आएको हो । सो योजनाअन्तर्गत ग्राहकहरूले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरू पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरूले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कारसम्म पनि पाउन सक्नेछन् ।

शनिबार थकाली लङ्ग ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिटमार्फत् उक्त योजनाको घोषणा गरेको हो । कम्पनीको अनुसार हरेक बोरामा आकर्षक उपहारहरू राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ्ग मेसिन, रेफ्री जिरेटर, स्मार्ट फोन, स्मार्ट वाचका साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरूले‌ पाउन सक्नेछन् । साथसाथै केही भाग्यशाली ग्राहकहरूले थकाली लङ्ग ग्रेन बास्मती चामलको खरिदमा उपहार स्वरूप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन् ।

उक्त कार्यक्रममार्फत् नै कम्पनीले आफ्ना डिलरहरूको उल्लेखनीय योगदानको कदर गर्दै आफ्ना डिलरहरूलाई उनीहरूको दक्षताअनुसार थाइल्याण्ड, बाली तथा सिङ्गापुर भ्रमणलगायत एशियाकै लक्जरी क्रुजको आनन्द लिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । डिलरहरूको दक्षता र प्रतिबद्धताअनुसार डिलरहरूलाई थाइल्याण्ड वा बाली वा सिङ्गापुर भ्रमणमा पठाइने र साथसाथै उक्त भ्रमण अवधिभरको खाने-बस्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने साेही कार्यक्रममार्फत् कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....