प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना
काठमाडाैं, भाद्र ३० ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडले आफ्नो सेवा परिस्कृत गर्ने क्रममा यही भाद्र २८ गते शुक्रबारका दिन गण्डकी प्रदेश कार्यालयअन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरूका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रूपमा उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ ।
स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भूमिकालाई मध्यनजर गर्दै प्रभु बैंक गण्डकी प्रदेश कार्यालयअन्तर्गत उक्त विभाग स्थापना गरिएको हो । हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरू विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तीय लागत परिपूर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ । सीमित वित्तीय श्राेत साधनका कारण आफ्ना सन्ततीहरूलाई उच्च शिक्षा प्रदान गर्नबाट बञ्चित रहेको समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले प्रभु बैंक, गण्डकी प्रदेश कार्यालयअन्तर्गत उक्त शैक्षिक केन्द्र स्थापना गरी प्रभु बैंकको सेवालाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेको छ । शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि बैंकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ । उक्त शैक्षिक केन्द्र, गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यावसाय केन्द अधिकृत शान्ती शेरचनबाट गरिएको थियो ।
प्रभु बैंकले आफ्नो बैंकको सेवालाई परिस्कृत गर्दै जाने क्रममा गण्डकी प्रदेश कार्यालयअन्तर्गतका सम्पूर्ण शाखा कार्यालयहरूबाट सरल र सहज रूपमा नियमित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । शैक्षिक केन्द्रको स्थापनापश्चात् विद्यार्थी तथा अभिभावकहरूलाई थप सहज र उत्कृष्ट सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको गण्डकी प्रदेश प्रमुख राजु रानाले बताएका छन् । शैक्षिक केन्द्रले शैक्षिक कर्जा तथा त्यससँग सम्बन्धित विषयहरूको मात्रै समेट्ने भएकोले शाखा तथा शैक्षिक केन्द्रबाट प्रारम्भ गरिने कर्जाको प्रक्रिया अत्यन्तै छिटो तथा प्रभावकारी हुने बताएको छ । बैंकको गण्डकी प्रदेशअन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर-२०२३” को उपाधीबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय १५ वटा शाखा कार्यालयहरू, २ सय ८६ वटा एटीएम मेसिनका साथै ६९ वटा एक्सटेन्सन काउण्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीकाे रूपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै नविनतम प्रविधि फिनाकल ईन्फोसिस ईनोभेशन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भइसकेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया