सिटी एक्सप्रेसको दशैँ-तिहार योजना “१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा”

काठमाडाैं, भाद्र ३१ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरूको महान् चाड वि. सं. २०८१ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकवर्गहरूसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने “१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा” उपहार योजना घोषणा गरेको छ । उक्त कार्यक्रममा चर्चित हाँश्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना बिजेताहरूलाई जनही रु. ५०० को वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ ।
कम्पनीकाअनुसार यस “१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा” अफर असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत् विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीले यो उपहार योजनामा सहभागी हुन सक्नेछन् । यस उपहारको बिजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई भने लागू हुने छैन ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी-पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी-पे बाट रेमिटेन्स भुक्तानीसमेत गर्न सकिने व्यवस्था रहेकाे कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया