गरिमा विकास बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं, भाद्र ३१ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक लिमिटेडको आज भाद्र ३१ गते साेमबार सम्पन्न सञ्चालक समितिको बैठक नंं. ३१२ को निर्णयानुसार विकास बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहँदै आएका अनिल रेग्मी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
विकास बैंकको सञ्चालक समितिले गरिमा विकास बैंक लिमिटेडमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत चार्टड एकाउन्टेन्ट अनिल रेग्मीलाई २०८१ आश्विन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएकाे हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी मिति २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेञ्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा रही करिब १३ वर्ष कार्य गरेको अनुभव रहेको छ । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आबद्ध रहेका अनिल रेग्मीसँग बैंकिङ्गलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको लेखापरीक्षण कार्य गरेको अनुभवसमेत रहेको छ ।
काठमाडाैंको लाजिम्पाटमा आफ्नाे केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडाैं उपत्यकाभित्र २२ वटासहित देशभर १ सय २३ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मेसिनमार्फत् ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया