लुमिनस ब्याट्रीको डिलर मिट सम्पन्न

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार १८:२९


काठमाडाैं, असाेज २ ।
लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एक मात्र आधिकारीक वितरक एमट्रेड (प्रा.) लि.द्वारा हालै मात्र डिलर मिट-२०२४ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । ब्राइटर विद लुमिनस नाम दिइएको उक्त कार्यक्रम यही भाद्र २७ गते आयोजना गरिएको हो । यस कार्यक्रममा एमट्रेड (प्रा.) लि.का नेपालभरी रहेका डिलरहरू, एमट्रेड (प्रा.) लि.का प्रतिनिधिहरू र लुमिनस इण्डियाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा लुमिनस इण्डियाका उपाध्यक्ष रेभानन्द अन्धलेलगायत अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने एमट्रेड (प्रा.) लि.का सञ्चालन प्रमुख योगराज ढुङ्गाना तथा अन्य प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । पावर ब्याकअप सोलुसनमार्फत् नेपालमा योगदान पुर्‍याएको एक दशक पूरा भएकोमा सम्पूर्ण ग्राहकवर्ग, च्यानल पार्टनरहरू तथा एमट्रेड (प्रा.) लि. परिवारलाई धन्यबाद ज्ञापन गर्दै सञ्चालन प्रमुख योगराज ढुङ्गानाले भने, “यस प्रकारको साथ र सहयोगले हामीलाई थप जिम्मेवार बनाएको छ साथै अझै परिस्कृत ढङ्गले अघि बढ्ने हौसला मिलेको छ ।”

यस अवधिमा लुमिनस ब्राण्डको उत्पमदनहरू, बजार अवस्था तथा भविष्यको रणनीतिलगायतका महत्वपूर्ण विषयहरूमा विभिन्न वक्ताहरूले चर्चा एवं छलफल पनि गरेका थिए । साथसागै विभिन्न विधामा उत्कृष्ट कार्य गर्न सफल डिलरहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै लक्की ड्रमार्फत् एक जोडीलाई दुबई टूर प्याकेज पनि प्रदान गरिएकाे थियाे ।

साे कार्यक्रममा लुमिनस ब्राण्डका व्यावसायिक साझेदारहरूबीचको सम्बन्धलाई अझ बढी आत्मीयता र बलियो सम्बन्ध बनाउन सफल भएको छ । यसलाई भोलिका दिनहरूमा यस ब्राण्डलाई नेपाली बजारमा निरन्तर अग्रिणी भूमिका खेल्ने कम्पनीले विश्वास लिएको कुरा कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।



प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....