सन नेपाल लाईभको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, असोज ६ ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर दुई वटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौँ वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सन लाईफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरिएको हो ।
सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख (पचास लाख) रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको जानकारी गराएका थिए ।
‘सन लाईफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधी उपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यसप्रकारको बीमा योजना नेपालमा पहिलो पटक सन नेपाल लाईफबाट शुभारम्भ गरेको जानकारी गराएका थिए । अस्पताल भर्ना भएर गरिने औषधी उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजनाअन्तर्गत आपतकालीन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत तयार गरिएको म्यूजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देशहरू रहेका छन् ।
आठौँ वर्ष प्रवेशसँगै कम्पनीले सूचना सुरक्षा व्यवस्थापन (इन्फरमेशन सेक्युरिटी म्यानेजमेट) सँग सम्बन्धित आई.एस.ओ २७००१ (ISO-27001: 2022) संपरिक्षण भएको र आगामी दिनमा कम्पनीलाई स्तरीकरण गर्न उक्त व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाइएको छ । यसका लागि प्रमाणीकरण गर्ने निकायबाट अडिट सम्पन्न भएको जानकारीसमेत गराएका छन् ।
सातौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सत्कर्म नाराअन्तर्गत सप्ताह व्यापी कार्यक्रमहरू सम्पन्न गरेको छ । सात सत्कर्मअन्तर्गत प्रभात फेरी, वृक्षारोपण, खाद्यान्न तथा लत्ता-कपडा वितरण, मठ-मन्दिर सरसफाई, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला तथा शैक्षिक सामाग्री गरिएको छ । सो अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
यसै अवसरमा महिला तथा बालबालिकालाई लक्षित गरी शैक्षिक सामाग्री र खाद्यान्न वितरण गरिएको छ । ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाई र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थी माझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकता बारेको सन्देशसहित काठमाडौंलगायत विभिन्न शहरमा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ । प्रभात फेरी समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पारेका थिए । सोही अवसरमा कम्पनीमा स्थापनाकालदेखि कार्यरत कर्मचारीहरूलाई कदर–पत्र प्रदान गरिएको छ ।
सुरुदेखि हालसम्म मार्गदर्शन, निर्देशन, समन्वय, सहयोग गर्ने नियामक निकाय, अभिकर्ता, आम सञ्चार, बीमित एवं कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा ग्राहकमैत्री सर्वशुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
प्रतिक्रिया