कुमारी बैंक भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित
काठमाडौं, असोज ६ ।
यही असोज ४ गते VISA International द्वारा “Leadership Conclave Nepal 2024” सम्मेलनको आयोजना गरिएको छ । सो आयोजित Leaders’ Conclave सम्मेलनमा Visa International द्वारा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था कुमारी बैंक लिमिटेडलाई “Excellence in Consumer Credit Cards Business” र “Excellence in Cross – Border Business” अवार्डहरूले सु–सम्मानित गरिएको छ ।
आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ वटा शाखा सञ्जाल, ३ सय १८ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउण्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, शुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जानेसमेत प्रतिबद्धता रहेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया