सिप्रदीद्वारा सोल्टीमोडमा “टाटा इञ्जिन चेकअप क्याम्प” आयोजना गर्दै

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार १५:२५


काठमाडाैं, असाेज ७ ।
टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग (प्रा.) लि.ले  काठमाडाैंको सोल्टीमोडमा “टाटा इञ्जिन चेकअप क्याम्प” आयोजना गर्ने भएको छ । यस क्याम्पले टाटाका आइसीई (पेट्रोल र डिजेलमा आधारित ) श्रेणीका एरिआ, बोल्ट, भिस्टा, मान्ज़ा, सफारी, स्टोर्म र सुमो जस्ता मोडलहरूलाई लक्षित गरेको छ । यो क्याम्प यही असाेज ९ गतेदेखि १५  गते सोल्टीमोडमा अवस्थित सिप्रदीको पेसेञ्जर भेहिकल (पीभी)  सर्भिस सेन्टर शाखामा सञ्चालन हुने भएकाे छ ।

कम्पनीकाअनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरूले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न सकिने जनाएकाे छ । उनीहरूलाई पार्टपुर्जा र लुब्रिकेन्ट प्रत्येकमा १८ प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको भारी छुट प्रदान गरिनेछ । यसैगरी, इञ्जिन ओभरहल गरेबापत रु. ५००० नगद फिर्ता (संजीवनी योजनाअन्तर्गत) एवं टप वाशिंग निःशुल्क हुनेछ ।

यी अतिरिक्त ग्राहकहरूले  इञ्जिन, ब्याट्री, सस्पेन्सन, ब्रेक चेकअपलगायत कम्प्यूटर परीक्षण जस्ता सुविधा निःशुल्क पाउने छन् । कम्पनीकाअनुसार इञ्जिन ओभरहल गरिएको खण्डमा १८ महिना वा ५०,००० किमिको वारेन्टी र दुई पटक निःशुल्क सर्भिसिङ्ग पनि प्राप्त गर्न सकिनेछ । आफ्नो ग्राहकवर्गलाई उत्कृष्टभन्दा उत्कृष्ट ढङ्गले सेवा गर्ने आफ्नो प्रतिबद्धताअनुरूप यो क्याम्प आयोजना गर्न लागिएको सिप्रदीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे मंगलबजारस्थित भण्डारखालमा असाेज ११ देखि १३ सम्म ज्वेलरी एक्स्पाे हुँदै

काठमाडाैं, असाेज ८ । ललितपुर महानगरपालिकाको पाटन मंगलबजारमा ज्वेलरी एक्स्पो हुने भएको छ.....