ललितपुरकाे मंगलबजारस्थित भण्डारखालमा असाेज ११ देखि १३ सम्म ज्वेलरी एक्स्पाे हुँदै

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार १९:३५


काठमाडाैं, असाेज ८ ।
ललितपुर महानगरपालिकाको पाटन मंगलबजारमा ज्वेलरी एक्स्पो हुने भएको छ ।

ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजले आज मंगलबार एक पत्रकार सम्मेलनकाे गरी यही असोज ११ गतेदेखि १३ गतेसम्म पाटन दरबार क्षेत्रको भण्डारखालमा ‘पाटन हेरिटेज एण्ड ज्वेलरी एक्स्पो-२०२४’ आयोजना गर्ने जानकारी गराएको हो ।

ज्वेलरी व्यावसायको प्रबर्द्धनका लागि सो एक्स्पो आयोजना गर्न लागिएको ललितपुर रत्न तथा आभूषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिएका हुन् । सो एक्स्पोमा करिब ५० हजारले अवलोकन गर्ने अपेक्षासमेत गरिएको छ ।

अध्यक्ष महर्जनले एक्स्पोमा राम्रो बिक्री वितरण हुने विश्वाससमेत व्यक्त गरे । उनले भने, ‘यही असोज ११, १२ र १३ गते हुने जेम एण्ड ज्वेलरी एक्स्पोमा पाटन दरबार स्क्वाएर भण्डारखालमा हुँदैछ । त्यसका लागि सबै तयारी पूरा भएको उहाँहरूलाई जानकारी गराउँदै यहाँहरूलाई यसमा अवलोकनका लागि आउन अनुरोध गर्दछु । साथसाथै यो आयोजना गरेको भनेको यहाँ यो मन्दीको समयमा जुन एक्स्पो गर्दैंछौँ । यसले व्यापार व्यावसायमा केही प्रमोट होला कि भन्ने आशा गरेका छौँ । यसमा लगभग ५० हजारभन्दा बढी मानिसहरू आउँछन् भन्ने हाम्रो अपेक्षा रहेकाे छ । र, कारोबार पनि राम्रै होला भन्ने आशा छ ।’

एक्स्पोमा साँस्कृतिक, व्यापारिक, फुड र पर्यटन प्रबर्द्धनात्मकलगायतका गरी २५ वटा स्टल रहने छन् । स्थानीय कालिगढ, रत्न तथा आभूषण उद्यमी तथा व्यापारिक क्षेत्र सो एक्स्पोबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने अध्यक्ष महर्जनले विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे मंगलबजारस्थित भण्डारखालमा असाेज ११ देखि १३ सम्म ज्वेलरी एक्स्पाे हुँदै

काठमाडाैं, असाेज ८ । ललितपुर महानगरपालिकाको पाटन मंगलबजारमा ज्वेलरी एक्स्पो हुने भएको छ.....