प्रभु बैंक भिजा लिडरशीप कनक्लेभ नेपाल-२०२४ द्वारा दुई विधामा सम्मानित

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार १६:५२


काठमाडाैं, असाेज ७ ।
पछिल्लो समय विभिन्न किसिमका विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरूको विस्तारमा आक्रामक रहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेड भिजा ईन्टरनेशनल द्वारा आयोजित भिजा लिडरशीप कनक्लेभ नेपाल-२०२४ अन्तर्गत Excellence in Consumer Debit Card Business र Excellence in Product Innovation गरी दुई विधामा सम्मानित भएको छ । भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यावसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोश्राे अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेशन पूर्ण नविनतम् सुविधासहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो व्यावसायिक सेवा विस्तार सँग सम्बन्धित रहेकाे छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ व्यावसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरिकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरिन्छ । प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती (Current) खाता खोली कारोबार गर्ने/गरिरहेका खाता धनी (Corporate Personals) हरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुबिधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरिएको हो । भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजनकाे लागि मात्र लक्षित छ । कर्पाेरेट र व्यापारीक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।

प्रभु बैंकद्धारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यावसाय प्रबर्द्धनमा थप सहजता तथा पारदर्शीतासमेत कायम रहने बैंकले विश्वास लिएको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर-२०२३” को उपाधीबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय १५ वटा शाखा कार्यालयहरू, २ सय ८६ वटा एटीएम मेसिनका साथै ६९ वटा एक्सटेन्सन काउण्टरमार्फत् करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीकाे रूपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेशन गोल्ड-२०२४ अवार्डबाट सम्मानितसमेत भइसकेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे मंगलबजारस्थित भण्डारखालमा असाेज ११ देखि १३ सम्म ज्वेलरी एक्स्पाे हुँदै

काठमाडाैं, असाेज ८ । ललितपुर महानगरपालिकाको पाटन मंगलबजारमा ज्वेलरी एक्स्पो हुने भएको छ.....