कीर्तिपुरका स्थायी बासिन्दा ५० वर्षीय विनाेद खड्गी हराएकाे दुई दिनपछि पाँचखालमा शव फेला

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार १०:१९


काठमाडाैं, असाेज ८ ।
कीर्तिपुर नगरपालिकाका स्थायी बासिन्दा ५० वर्षीय विनोद खड्गीकाे शव काभ्रेको पाँचखालमा मृत अवस्थामा फेला परेका छन् ।

पाँचखाल नगरपालिका-८ को ४८ किलो भन्ने ठाउँस्थित अरनिको राजमार्गको सडक छेउको झाडीमा खड्गीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीकाअनुसार खड्गीको मृत्युको कारण भने खुलेको छैन ।

सडक छेउको झाडीमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

सुरुमा मृतकको पहिचान नभएको र अनुसन्धान गर्दै जाँदा उक्त शव खड्गीको भएको खुलेको प्रहरीले जनाएको छ ।

कीर्तिपुर नगरपालिका-५ की शान्ति खड्गीले सोमबार उक्त शव आफ्ना पतिको भएको भनेर सनाखत गरेकी छन् ।

मृतक खड्गी यही असोज ५ गतेदेखि बेपत्ता भएका थिए । खड्गी बेपत्ता भएपछि उनका आफन्तले खोजीको लागि प्रहरी परिसर काठमाडौंमा हुलियासहित निवेदनसमेत दिएकाे प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे मंगलबजारस्थित भण्डारखालमा असाेज ११ देखि १३ सम्म ज्वेलरी एक्स्पाे हुँदै

काठमाडाैं, असाेज ८ । ललितपुर महानगरपालिकाको पाटन मंगलबजारमा ज्वेलरी एक्स्पो हुने भएको छ.....