सुनकाे मूल्यले राख्याे पुनः नयाँ रेकर्ड, ताेलाकाे १ लाख ६० हजारभन्दा माथि

काठमाडाैं, असाेज ९ ।
सुनचाँदी काराेबारकाे चाैथाे दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार मंगलबार तोलामा १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको सुन आज प्रति ताेला १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य उच्च दरले बढेपछि नेपालमा यसको प्रभाव परेको हो ।
यसैगरी, चाँदी आज प्रति ताेला १ हजार ९ सय ५५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
प्रतिक्रिया