नमस्ते पेमा क्यासब्याक लहर : उडान टिकटमा रु. १०० का साथै अन्य सेवामा आकर्षक क्यासब्याक

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार २०:४३


काठमाडौं, असोज १२ ।
आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्त पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर असोज ११ गतेदेखि कार्तिक २० गतेसम्म उपलब्ध हुनेछ ।

यस अफरअन्तर्गत नमस्ते पेमार्फत् उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु. १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्याण्डलाइन, एफटीटीएच र एडीएसएलको बिल भुक्तानी तथा एनसेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नु पर्दैन । क्यासब्याक हरेक टिकट र हरेक पटकको टप–अप तथा बिल भुक्तानीमा लागू हुनेछ, जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पेमार्फत् जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउने छन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत् सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जसअनुरूप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।

थप जानकारीका लागि www.namastepay.com मा हेर्नुहोस् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....