दशैँ आयो साँगीतिक साँझमा ग्राहकलाई झुमाउँदै कासालाउन्ज
काठमाडौं, असोज १५ ।
कासालाउन्जले आगामी असोज १९ गते दशैँ विशेष साँगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । दरबारमार्गमा रहेको कासालाउन्जले आफ्नो उत्कृष्ट सेवाबारे जानकारी दिँदै “दशैँ आयो साँगीतिक साँझ” आयोजना गर्न लागेको सञ्चालक रामप्यारा श्रेष्ठले जानकारी दिए । उनकाअनुसार क्लासिक भ्वाइस झल्को दिने गरी ९० दशकका चर्तित गायकहरू कर्णदास, सञ्जय श्रेष्ठलगायतले प्रस्तुति दिने कार्यक्रम रहेको छ । आफ्नै साँगीतिक ब्याण्डले पनि विशेष प्रस्तुति हुने सञ्चालक श्रेष्ठले बताए ।
असोज १९ गते शनिबार हुन गइरहेको सो कार्यक्रममा दर्शकहरूलाई विशेष छुटको समेत व्यवस्था गरिएको कासालाउन्जले जनाएको छ ।
यसअघि पनि हरेक वर्ष दशैँ अवसर पारेर कासालाउन्जले साँगीतिक कार्यक्रम गर्दै आएको थियो । यो वर्षको कार्यक्रमले कासालाउन्जको चर्चा र उचाई थप बढ्ने सञ्चालकको विश्वास रहेको छ ।
प्रतिक्रिया