एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर सार्वजनिक

काठमाडाैं, असाेज १६ ।
एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग (प्रा.) लि.ले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर कार्यक्रम सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरू साट्दा ३०% देखि ५०% सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ भने १२० जना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्रमार्फत् क्यास ब्याक प्रदान गरिनेछ । लक्की ड्रमार्फत् क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टीमार्फत् सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्नेछ ।
नजिकिँदै गरेको चाडपर्वलाई अझै विशेष रूपमा मनाउनका लागि तथा ग्राहकवर्गमा थग उल्लास भर्नका लागि यस किसिमको एक्सचेञ्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यावसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर वृहत् सेल्स तथा सर्भिस टीम रहेको छ ।
प्रतिक्रिया