माेटरसाइकल दुर्घटनामा परी ३४ वर्षीय युवककाे मृत्यु

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहीबार २०:०३


काठमाडाैं, असाेज १७ ।
गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा. ४२ प ७९८३ नम्बरको मोटरसाइकल आज बिहीबार गोरखा-आँबुखैरेनी सडकको गोरखा नगरपालिका-९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा भीमसेन थापा गाउँपालिका-२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिएका छन् ।

मोटसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....