चर्काे भाडा असुल्ने ६ जना सवारी चालक पक्राउ

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार १५:१५


काठमाडाैं, असाेज १८ ।
प्रहरीले दशैँ तिहारको समयमा यात्रुको चापको फाइदा उठाउँदै चर्को भाडा असुल्ने ६ जना सवारी चालकलाई पक्राउ गरेको छ । गृह मन्त्रालयकाअनुसार काठमाडौंबाट पोखरा, तनहुँ र लमजुङ चल्ने गाडी चालकले चर्को भाडा असुलेको भेटिएपछि चार जना चालक र दुई सहचालकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गोरखा आरुघाटका ४७ वर्षीय डम्बरबहादुर आलेमगर, सुन्दरबजार लमजुङका १९ वर्षीय आयुष तामाङ, तनहुँ मेग्देका ३५ वर्षीय राजु विक, तनहुँ भानुका २४ वर्षीय मिलन विक, पालुङटार गोरखाका ४३ वर्षीय दीपकबहादुर नेपाली, लिखु नुवाकोटका १७ वर्षीय प्रकाश मगर रहेका छन् ।

पोखरा, लमजुङ र तनहुँ चल्ने ती हाइस चालक/सहचालकहरूले दोब्बरसम्म भाडा असुलेको पाइएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....