ट्रककाे ठक्करले साइकल यात्रीकाे मृत्युपश्चात् भन्सार कार्यालयमा ढुङ्गामुढा, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार १५:४५


काठमाडाैं, असाेज १८ ।
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले विराटनगर भन्सार कार्यालयमा ढुङ्गामुढा गरेका छन् ।

आज शुक्रबार स्थानीयले विराटनगर महानगरपालिका-१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुङ्गामुढा गरेका हुन् ।

बिहीबार बेलुका विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना. ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीकाअनुसार स्थानीयले तीब्र गतिका कारण दुर्घटना भएको भन्दै आज भन्सार कार्यालयमा ढुङ्गामुढा गरेका हुन् ।

ट्रक चालकको लापरबाहीले गर्दा उक्त दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न नमानेको उनले बताए । उनले स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले १० सेल अश्रु ग्याँस प्रहार गरेको जानकारी दिएका छन् ।

उनले ढुङ्गामुढाबाट भन्सारको गेट र भवनमा सामान्य क्षति पुगेको बताए ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....