माछापुच्छ्रे बैंककाे २४ औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना

काठमाडाैं, असाेज १८ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था माछापुच्छ्रे बैंक लिमिटेडले २४ औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमकाे आयोजना गरेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनाभरी वार्षिकोसत्व अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
१८ असोजमा केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको बैंकले जनाएको छ ।
हरेक वर्ष १७ असोजलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष २४ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका विशेष सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
देशभर रहेका विभिन्न शाखामार्फत् संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बैंकले जनाएकाे छ ।
बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रबर्द्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।
बाढी पहिरोमा परी विस्थापित भएका काभ्रेको रोशी गाउँपालिका-१ र २ का बाढी पहिरो पीडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ ।
बाढी पहिरोका कारण विभिन्न स्थानहरूमा बाटो अवरुद्ध हुँदा बैंकले उक्त ब्लाङ्केट रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो ।
बैंकले २४ औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफर सञ्चालनमा ल्याएको छ । बैंकले १ असोजदेखि ३० असोजसम्मको अवधिमा बैंकको मोबाइल बैंकिङ्ग एमबीएल एम स्मार्ट, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ ।
बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शत् प्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शत् प्रतिशत छुट प्रदान गरिरहेको छ ।
बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिका लागि एकमुष्ट २ हजार ४ सय रुपैयाँमा प्रदान गरिरहेको छ ।
साथै बैंकले मोबाइल बैंकिङ्ग एमबीएल एम स्मार्ट सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदानसमेत गर्ने बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया