काठमाडौंबाट जाँदै गरेको इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा तीन जना घाइते

काठमाडाैं, असाेज १९ ।
काठमाडौंबाट धरान जाँदै गरेको इलेक्ट्रिक भ्यान आज शनिबार बिहान मकवानपुरमा दुर्घटना भएको छ ।
मकवानपुरको वागमती गाउँपालिका-८ साततले स्थित मदन भण्डारी लोकमार्गमा उक्त भ्यान दुर्घटनामा परेको हो ।
शनिबार बिहान काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको इलेक्ट्रिक भ्यान अनियन्त्रित भएर सडक छेउको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भ्यान दुर्घटना हुँदा त्यसमा सवार तीन जना घाइते भएका छन् ।
सवारी चालकसहित १२ जना सवारमध्ये ३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा चालक धनकुटाको बुद्ध नगरपालिका-१ हिले बस्ने ५२ बर्षको देवी थापा छन् । उनको खुट्टामा चोट रहेको र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, भ्यानमा सवार सोही स्थानकी ३० वर्षकी प्रमिला तामाङ (टाउकोमा चोट, अवस्था सामान्य) र काठमाडौंको चाबेल बस्ने अन्दाजी ४८ वर्षीया बिना तामाङ लामा (शरिरमा चोट, अवस्था मध्यम) रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरूलाई उपचारका लागि हेटौँडा-११ स्थित चुरे हिल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । अन्य यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया