काठमाडाैंबाट लमजुङ जाँदै गरेकाे गाडी दुर्घटना, चालककाे मृत्यु, दुई जना घाइते
काठमाडाैं, असाेज १९ ।
नुवाकोटको काफलडाँडामा काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बा. १४ च ३८५५ नम्बरको गाडी आज शनिबार बिहान करिब ८ बजे टोखा-छहरे सडकखण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर रहेकाे छ ।
प्रतिक्रिया