मेची राजमार्गमा पुनः पहिराे खसेपछि मर्मत सम्भारकाे काम राेकियाे

प्रकाशित मिति: २० आश्विन २०८१, आईतवार १२:१५


काठमाडाैं, असाेज २० ।
पहिरोले क्षत-विक्षत भएको मेची राजमार्गको माईखोला-भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मत सम्भारको काम रोकिएको छ ।

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी रहेकाे मर्मत सम्भारको काम शनिबार साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयकाअनुसार लगातार पहिरो खसेपछि काम स्थगित गरिएको हो ।

यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यात्मक अवस्था श्रृजना भएकाे छ ।

उक्त सडकको विकल्पमा गोदक-जोगमाई खोला-तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....