धरहरास्थित अण्डरग्राउन्ड पार्किङबाट माेटरसाइकलकाे टायर गायब

प्रकाशित मिति: २० आश्विन २०८१, आईतवार २०:१०


काठमाडाैं, असाेज २० ।
काठमाडाैं महानगरपालिकाकाे धरहरास्थित अण्डरग्राउन्डमा पार्किङ गरेर राखिएकाे मोटरसाइकलको टायर नै गायब भएकाे छ । काठमाडौंका सज्वल आचार्य आज आइतबार पार्किङका लागि धरहरा पुगेका थिए ।

उनले दिउँसो १ बजे मोटरसाइकल पार्किङ गरेर निस्किएका थिए भने २ बजे पार्किङमा फर्किँदा वागमती प्रदेश २ प ०१९ २८२६नम्बरको निलो एफजेड बाइकको अगाडिको टायर गायब भएको हो । सो ठाउँमा सिसी क्यामेरा पनि नभएको आचार्यले बताएका छन् ।

‘सुरक्षाको जिम्मा नलिई पार्किङको अनुमति दिइनु हदैसम्मको लापर्बाही हो,’ उनले भने ।

काठमाडौं महानगरले न्यूरोड क्षेत्रको पार्किङ हटाएर धरहरा र पुरानो बसर्पाकस्थित भ्यू टावरमा पार्किङकाे व्यवस्था मिलाइएको थियो । धरहराको पार्किङको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच अझैसम्म पनि कुरा मिल्न सकेको थिएन । अहिले धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयले लिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....