कुमारी बैंकको दशैँ दक्षिणा अफर

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार १३:५५


काठमाडौं, असोज २१ ।
अनवरत् रूपमा नवप्रर्वतनमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था कुमारी बैंक लिमिटेडले विजया-दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप दशैँ दक्षिणा अफर ल्याएको छ ।

घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने १,००० सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रु. ५० दक्षिणा प्रदान गर्नेछ । त्यसैगरी, एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गमार्फत् वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रु. ५०१ बराबरको दशैँ दक्षिणा प्राप्त गर्न सक्ने छन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरूमा चाडबाडहरूमा हुने वित्तीय कारोबारहरू विद्युतीय भुक्तानीका माध्यमहरूबाट आकर्षित गरी डिजिटल अर्थ व्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत् रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ वटा शाखा सञ्जाल, ३ सय १९ वटा एटीएम मेसिन, ५० वटा एक्सटेन्सन काउण्टर तथा ५७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, शुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता रहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....