लुम्बिनी विकास बैंकले जित्यो दोश्रो इमर्जिङ एशिया बैंकिङ्ग अवार्डस् र वेष्ट बैंक नेपालसहित पाँच उपाधी

काठमाडौं, असोज २१ ।
इण्डियन चेम्बर फर कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ्ग अवार्डस् २०२४ को ८ विधामध्ये नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक लुम्बिनी विकास बैंक लिमिटेडले पाँच विधामा सहभागिता जनाई पाँचै वटै विधामा उपाधी जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ्ग कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले वेष्ट बैंक, वेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, वेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवं वेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र वेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधी जित्न सफल भएको छ ।
अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायत देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । इण्डियन चेम्बर अफ कर्मसले गत वर्षदेखि नै यो अवार्ड वितरण गर्न सुरु गरेको हो । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो । स्थापनाकालदेखि नै इथिकल बैंकिङ्ग, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शीता बैंकिङ्ग सेवा उपलव्ध गराउँदै अघि बढेकोले अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका अवार्डहरू जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिष्ठा थप माथि पुगेको छ । अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक र नियमनकारी निकायलगायत सबैको योगदान र सहयोग रहेको छ । ३.५ अर्ब चुक्ता पूँजी भएको राष्ट्रियस्तरको विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउण्रटर २० वटा एटीएम सञ्चालनमा रहेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया