काठमाडाैंकाे न्यूराेडबाट भारतीय नागरिककाे कार्यालयमा काम गर्ने दुई नेपाली पक्राउ

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार २०:४७


काठमाडाैं, असाेज २१ ।
काठमाडौं महानगरपालिकाको न्यूरोड स्थित भारतीय नागरिकको कार्यालयमा काम गर्ने दुई जना नेपालीहरू पक्राउ परेका छन् । श्राेत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले न्यूरोडबाट आज सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दोलखाको बिगु गाउँपालिका-४ स्थायी घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र सोही ठाउँ घर भई न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन् । साबित्रीबाट १५ लाख र सुरेशबाट ४ लाख गरी १९ लाख रुपैयाँ श्राेत नखुलेको रकम प्रहरीले बरामद गरेको छ । उनीहरू न्यूरोडस्थित भारतीय नागरिकको कार्यालयमा काम गर्दै आएका प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....