पाकिस्तानका लागि नेपाली राजदूतमा रिता धिताल नियुक्त

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलवार १८:००


काठमाडाैं, असाेज २२ ।
पाकिस्तानका लागि नेपाली राजदूतमा रिता धिताल नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलबार धिताललाई राजदूतमा नियुक्त गरेका हुन् ।

गत श्रावण १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूतकाे नाम सिफारिस गरेको थियो ।

तीमध्ये धिताललाई मंगलबार राष्ट्रपति पौडेलले नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिएका छन् ।

धितालले संसदीय सुनुवाईका क्रममा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले पहल गर्ने समेत बताएकी थिइन् ।

धिताल परराष्ट्र सेवामा सहसचिव स्तरकी कर्मचारीसमेत हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....