काठमाडाैंबाट पनि बाहिरियाे मनसुन, अझै तीन प्रदेशमा भने कायमै

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलवार १८:२४


काठमाडाैं, असाेज २२ ।
सुदूरपश्चिमबाट बाहिरिन सुरु भएको यो वर्षको मनसुन आज मंगलबारसम्म देशको आधाभन्दा बढी स्थानबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबार जारी गरेको मनसुन बहिर्गमनसम्बन्धी बुलेटिनअनुसार अब देशको पूर्वी भागमा मात्र मनसुनको प्रभाव देखिएकाे छ ।

विभागकाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ । यस्तै, काठमाडौं उपत्यकासहित वागमती प्रदेशको पश्चिमी भू-भाग र मधेश प्रदेशको पश्चिमी भू-भागबाट पनि मनसुन बाहिरएको छ । कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव कायम नै रहेकाे छ ।

विभागले मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएकाले देशको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुनको प्रभाव हराउने आँकलन गरेको छ । यसअघि विभागले आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको जनाएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....