यात्रुबाहक बस दुर्घटनामा घाइते १७ वर्षीया श्रेष्ठकाे उपचारकाे क्रममा मृत्यु

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार ०९:१७


काठमाडाैं, असाेज २३ ।
रामेछापको खाँडादेवी गाँउपालिका-३ भीरपानीमा मङ्गलबार साँझ यात्रुबाहक बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट मन्थली हुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र. ०१-००५-ख ९५७९ नम्बरको बसकाे ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोशी गाँउपालिका-६ खहरे खोलाकी १७ वर्षीया युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिए । दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । कूल ३५ जना सवार बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....