काठमाडाैंबाट जाँदै गरेकाे बस दाेलखामा दुर्घटना हुँदा १५ जनाभन्दा बढी यात्रु घाइते

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार १०:१४


काठमाडाैं, असाेज २३ ।
काठमाडौंबाट ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रुबाहक बस लामोसाँघु-जरी सडक खण्डअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका-८ बोचमा दुर्घटनामा परेकाे छ ।

उक्त दुर्घटनामा परी १५ जनाभन्दा बढी यात्रुहरू घाइते भएका छन् ।

प्रदेश ३-०१-००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट पठाइएको छ । घाइतेहरूको चरिकोटका स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....