सुनचाँदी काराेबारकाे चाैथाे दिन सुनकाे मूल्य प्रति ताेला एक हजार घट्याे

काठमाडाैं, असाेज २३ ।
सुनचाँदी काराेबारकाे चाैथाे दिन आज बुधबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज सुन प्रति ताेला १ हजार रुपैयाँले घटेकाे हाे । दशैँको मुखमा नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घकाअनुसार मङ्गलबारको तुलनामा आज रु. १ हजारले घटेको हो ।
यसअघि, प्रति तोला १ लाख ६० हजार १ सय रुपैयाँमा काराेबार भएकाे सुन आज प्रति ताेला १ लाख ५९ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यसैगरी, चाँदीको मूल्य पनि प्रति तोला ४० रुपैयाँले घटेको छ । यसअघि प्रति तोला १ हजार ९ सय ४० रुपैयाँ रहेको चाँदी आज घटेर १ हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।
प्रतिक्रिया