यात्रुबाहक जिप दुर्घटना हुँदा २२ यात्रु घाइते, पाँच जनाकाे अवस्था गम्भीर

काठमाडाैं, असाेज २७ ।
लमजुङको सारिङबाट सदरमुकाम बेँशी शहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा कम्तीमा पनि २२ जना यात्रुहरू घाइते भएका छन् । घाइतेहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे छ ।
ग. १ ज ८५५१ नम्बरको जिप आज आइतबार बिहान ११ बजेर २० मिनेटको समयमा दुर्घटनामा परेकाे थियो । दुर्घटनामा परी टाएकोमा चोट लागेका पाँच जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । टाउकोमा चोट लागेका पाँच जना घाइतेलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिएका छन् ।
घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया