काठमाडौंतर्फ आउँदै गरेको दुई बस ठोक्किँदा चार जना घाइते

प्रकाशित मिति: २७ आश्विन २०८१, आईतवार १८:२८


काठमाडाैं, असाेज २७ ।
दोलखाको गोपीखोलामा दुई बस ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ५ ख ५६३१ नम्बरको बस र काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३-०१-०५ ख ३९५६ नम्बरको यात्रुबाहक बस आज आइतबार दोलखाको बैत्यश्वर गाउँपालिका-६ गोपीखोलामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....