भाेलि मंगलबारदेखि तीन दिनसम्म मनकामना केबलकार बन्द हुने
काठमाडाैं, असाेज २८ ।
मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । मनकामना केबलकार भोलि मंगलबार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुनेछ ।
मर्मत सम्भारका लागि असोज २९, ३० तथा कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो । मनकामना दर्शन (प्रा.) लि.ले सूचना जारी गर्दै दशैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको थियो भने द्वादशीको एक दिन भने केबलकार चलाइएको छ ।
केबलकारको सेवालाई हालै मात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नति गरिएको थियाे । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरूलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी रहेका छन् ।
ती काम असोज २९ र ३० गते काम सकिने अनुमान गरिएकाे छ । कात्तिक १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुचारु गरिने मनकामना दर्शन (प्रा.) लि.ले जनाएको छ ।
प्रतिक्रिया