काठमाडाैंकाे नयाँबस्तीमा कुटपिटबाट एक पुरुषकाे हत्या, एक युवतीसहित तीन जना पक्राउ

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार १४:४७


काठमाडाैं, असाेज ३० ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीमा कुटपिटबाट एक पुरुषको हत्या भएको छ ।

नयाँबस्तीको लस लाइट स्कूलनजिकै सार्वजनिक स्थानमा सुर्खेतको लेकबेसी गाउँपालिका-२ का ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

होमबहादुर हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ मा बसोबास गर्दै आएका थिए ।

स्थानीयले होमबहादुरलाई उक्त स्थानमा अचेत अवस्थामा फेला पारेका थिए । शरीरमा घाउ चोट रहेकाे थियो ।

त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पतालमा पठाएको थियो । तर उनको मंगलबार दिउँसो साढे ३ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी अधिकारीले जानकारी दिए ।

घटनाको अनुसन्धानका क्रममा उनको हत्या तीन जनाले गरेको खुलेको र उनीहरूलाई पनि पक्राउ गरिसकेको एसपी अधिकारीले बताए । कुटपिट गरी अचेत अवस्थामा भागेका तीनै जनालाई प्रहरीले मंगलबार बेलुका नै पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा पाँचथरको तुम्लिङ गाउँपालिका-५ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ घर भई हाल कपन बस्ने ३५ वर्षका भुवन श्रेष्ठ र इलामको माई नगरपालिका-२ घर भई हाल नयाँबस्ती बस्ने २७ वर्षीया बिमला भट्टराई हत्या आरोपमा पक्राउ परेका हुन् ।

उनीहरूलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....