कामना सेवा विकास बैंककाे १८ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, असाेज ३० ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारण आज सभा बुधबार भव्य रूपमा सम्पन्न भएको छ । काठमाडौंको लिसारा रिसेप्सन, नक्सालमा बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बैंकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (करसमेत) गरी कूल १२ प्रतिशत लाभांशसमेत पारित गरेको छ ।
साथै, उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आ.व. २०८०/०८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ ।
त्यस्तै, सभाले १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पूँजी वृद्धि गर्ने र प्रबन्ध-पत्र तथा नियमावलीमा संशाेधन गर्नेलगायतका प्रस्तावहरूसमेत पारित गरेको छ ।
उक्त साधारण सभाले आ.व. २०८१/०८२ को लेखा परीक्षण नियुक्ति गर्नको लागि बैंकको लेखा परीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखा परीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउण्टेन्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा शेयर धनीहरूको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकालीले दिएका थिए ।
सोही क्रममा सीईओ थकालीले शेयर धनीहरूको सुझाव, स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएको लक्ष्यहरू हासिल हुने गरी कार्य सञ्चालन गरिएको पनि बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया