अन्ततः भैँसेपाटीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं, असाेज ३० ।
हनी ट्रयाप प्रकरणमा ललितपुर प्रहरी प्रभाग भैँसेपाटीकी निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
एक जना व्यावसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन भएको घटनामा शाहीको समेत संलग्नता देखिएपछि प्रहरीले ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो । हाल उनी फरार रहेकी छन् ।
अहिलेसम्म यस घटनामा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सुष्मा विक, ताज मुल इस्लाम, भिमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल रहेका छन् ।
प्रतिक्रिया