शुक्रबार र शनिबार देशभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहीबार १०:२५


काठमाडाैं, कार्तिक १ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि कार्तिक २ गते शुक्रबार र पर्सि ३ गते शनिबार देशभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत पाँच वर्ष मुनिका बालबालिकाहरूलाई औषधी खुवाउन लागिएको हो ।

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले उल्लेख गरेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

एयर इन्डिया विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीसहित २४२ सवार

एजेन्सी, जेठ २९ । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही.....