सन नेपाल लाइफ इन्स्योरेन्सलाई आइ.एस.ओ/आई.ई.सी २७००१ : २०२२ प्रमाण-पत्र प्रदान
काठमाडाैं, कार्तिक १ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ : २०२२ (ISO/IEC 27001 : 2022) को प्रमाण-पत्र प्राप्त गरेको छ । यो मानकले सूचना सुरक्षण व्यवस्थापन प्रणाली (Information Security Management System) मा कम्पनीले आफ्नो हरेक सूचनाहरूको सुरक्षा प्रणालीहरूको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै यस अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरूको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यावसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तर्राष्ट्रिय मापदण्डको आधारमा ISO/IEC 27001 : 2022 सम्परीक्षण गरेको हो । नेपालको बीमा व्यावसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी ISO/IEC 27001 : 2022 को प्रमाण-पत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एक मात्र जीवन बीमा कम्पनीसमेत रहेकाे छ ।
यसबाट कम्पनीले Risk Based Modality मा हरेक प्रक्रियाहरूमा के-कस्ता जोखिमहरू छन्, त्यसको अल्पकालीन तथा दीर्घकालीन प्रभावहरू के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागि First line of Defense बाटै जोखिम न्यूनिकरणको रणनीति तयार गर्नेछ ।
ISO/IEC 27001: 2022 को मान्यता प्राप्त गरेसँगै समय-समयमा हुने परीक्षणहरूबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रूपमा यसको पालना र अभ्यासहरूबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको एक प्रेस विज्ञप्तिमार्फत् जनाएकाे छ ।
प्रतिक्रिया