टाटाको “टियागो ईभी धनतेरस एक्सचेञ्च धमाका”, हरेक बुकिङ्गमा सुनको असर्फी र आइफोन १६ प्रो

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलवार १६:५६


काठमाडौं, कार्तिक ६ ।
नेपालका लागी टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेञ्च धमाका आयोजना गर्न लागेको छ । धनतेरस एक्सचेञ्च धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिनेछ । यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो ईभी धनतेरस एक्सचेञ्च धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरूमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो ईभीको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्नु हुनेछ । उल्लेखित अफरहरू धनतेरस एक्सचेञ्च धमाकाको ३ दिनका लागि मात्र लागू हुनेछ ।

टियागो ईभी नेपालको विद्युतीय चार पाङ्ग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो ।

टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....