कुमारी बैंकद्वारा तिहार, न्हूदँ ने.सं. ११४५ तथा छठमा क्यासब्याक अफर

काठमाडौं, कार्तिक ७ ।
अनवरत रूपमा नवप्रवर्तनमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था कुमारी बैंक लिमिटेडले नजिकिँदै गरेको झिलिमिलीको पर्व तिहार, भाई टीका, न्हूदँ नेपाल सम्वत् ११४५ तथा छठ पर्वका अवसरहरूमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।
कार्तिक १४ गतेदेखि कार्तिक २२ गते छठ पर्वसम्म गरी ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याउन लागेको हो । भाई टीका तथा किजा पूजाकोे दिनमा मोबाईल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो १,००० सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रु. ५० क्यासब्याक प्रदान गरिने छ भने अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रु. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तीय कारोबारहरु विद्युतीय भुक्तानीका माध्यमहरुबाट गर्न आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आइरहेको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रबर्द्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ वटा शाखा सञ्जाल, ३ सय १९ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउण्टर तथा ५७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, शुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता रहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया